भोटेकोशीमा आकस्मिक बाढी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Published on

काठमाडौँ – चीनको तिब्बत हुँदै नेपाल भित्रिने भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार बिहान २ बजेदेखि नदीको बहाव तीव्र रूपमा बढेको जानकारी रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले दिएका छन्।

उनका अनुसार भोटेकोशीको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाइरहेको बाटो बगाएको छ भने टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा समेत बगाएको छ। मंगलबार राति पानी परे पनि हाल रसुवामा वर्षा नभएको प्रशासनले जनाएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको जनाउँदै बाढीको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। यसअघि सोमबार रसुवा प्रशासनले एक सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढीको सम्भावना रहेको जानकारी गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको थियो।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षको पूर्वानुमान अनुसार आगामी केही दिनमा भारी वर्षा हुने सम्भावना रहेकाले नदीमा बहाव अझै बढ्न सक्ने चेतावनी दिइएको छ। गत वर्ष असार २४ गते आएको भोटेकोशीको बाढीले नेपाल र चीन दुवै तर्फ ठूलो जनधनको क्षति पु¥याएको स्मरण गर्दै प्रशासनले नागरिकलाई सतर्क र सजग रहन पुनः आह्वान गरेको छ।

(तस्बिर सौजन्य : रेडियो लाङटाङ ९०.३ मेगाहर्ज)

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...