रुसको सुदूरपूर्वमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

Published on

काठमाडौं – रुसको सुदूरपूर्वी समुद्री क्षेत्रमा बुधबार बिहान ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरदेखि करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा गएको हो। सुरुमा ८.० म्याग्निच्युडको अनुमान गरिए पनि पछि परिमार्जन गर्दै ८.७ म्याग्निच्युड पुष्टि गरिएको छ।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ। रुसको काम्चात्का प्रायद्वीपमा जोखिम बढेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म थोरै क्षति भएको उल्लेख गरिएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि भूकम्पका असरस्वरूप जापानका केही तटीय क्षेत्रमा १ मिटर अग्ला छालहरू आउन सक्ने चेतावनी दिएको छ। जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरिसकेको जनाएको छ। यता, प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्पीय मापनका आधारमा विस्तृत र खतरनाक सुनामी आउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै हवाई, अलास्का र आसपासका टापुहरूलाई सचेत रहन आग्रह गरेको छ।

यसैबीच, भूकम्पको केन्द्रभन्दा दक्षिण–पश्चिममा पर्ने रुसी टापु साखालिनबाट पनि बासिन्दा सार्ने काम भइरहेको साखालिनका गभर्नर भ्यालेरी लिमारेन्कोले बताएका छन्। भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ नामक उच्च भूकम्पीय र ज्वालामुखीय गतिविधि हुने क्षेत्रमा पर्छ, जुन विश्वकै सबैभन्दा सक्रिय भूकम्प सम्भावित भूभागमध्ये एक मानिन्छ। काम्चात्का क्षेत्र सामान्यतया कम जनसंख्या र दुर्गमताका कारण मानवीय क्षति न्यून हुने अपेक्षा गरिएको छ।

हालसम्म धक्का अन्य देशहरूमा महसुस भएको पुष्टि नभए पनि, सम्बन्धित देशहरूमा सतर्कता बढाइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...