मनसुनी वर्षाका कारण कान्ति लोकपथमा सवारी आवागमन बन्द

Published on

काठमाडौं । मनसुन सक्रिय भई बागमती प्रदेशलगायतका क्षेत्रमा लगातार तीव्र वर्षा भइरहेकाले ललितपुरको कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भारी वर्षाको सम्भावना भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय लिएको हो।

जारी सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले यात्रुहरू र सर्वसाधारणलाई सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेकी छन्। सुरक्षाका दृष्टिकोणले गरिएको यो निर्णय पुनः समीक्षा नहुन्जेलसम्म लागू रहनेछ।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...