देशभर मनसुनी प्रभाव कायमै, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Published on

काठमाडौं, असोज २० – हाल देशभर मनसुनी वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य भूभागहरूमा आंशिक बदलीको सम्भावना छ।

महाशाखाका अनुसार, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम खालको वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहाडी तथा तराई भूभागमा यो सम्भावना बढी देखिएको छ।

आज रातिसमेत मौसम यस्तै रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। विशेष गरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

मौसम महाशाखाले सचेत रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...