रौतहटमा युवा मतदाता थपिने क्रम तीव्र, निर्वाचनमा जेनजी पुस्ताको चासो बढ्दो

Published on

काठमाडौं, असोज ३० – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा युवा मतदाताको सहभागिता उल्लेख्य रूपमा बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्र बनाएको छ, जससँगै दिनहुँ सयौँ नागरिकले नाम दर्ता गराइरहेका छन्।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन भइरहेको हो। जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाशका अनुसार विशेषगरी १६ वर्ष पूरा गरेका जेनजी पुस्ताका युवाहरू मतदाता सूचीमा नाम दर्ता गर्न सक्रिय देखिएका छन्। सरकारले अध्यादेशमार्फत युवा पुस्तालाई मतदानमा समावेश गराउने उद्देश्यले १६ वर्ष उमेर पुग्ने र नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको नाम सङ्कलन सुरु गरेको हो।

मतदाता नामावली दर्ता कार्य असोज १० गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। यद्यपि दसैं बिदा र बाढीका कारण केही दिन यो कार्य प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२०७९ सालको निर्वाचनमा रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेका थिए। जसमा पुरुष २ लाख २७ हजार २ सय २९, महिला १ लाख ८८ हजार २ सय २५ र तेस्रोलिंगी १ जना थिए। तर, २०८२ साल फागुनसम्म यो संख्या बढेर ४ लाख २१ हजार ६ सय ९३ पुगेको छ। यानि, यसबीचमा ६ हजार २ सय ३८ जना नयाँ मतदाता थपिएका छन्।

असोज १० देखि २९ गतेसम्म मात्रै ५३१ पुरुष र २८५ महिला गरी ८१६ जना नयाँ मतदाता दर्ता भएको निर्वाचन अधिकारी दाशले जानकारी दिनुभयो।

यद्यपि, जिल्ला निर्वाचन कार्यालय गौरबाट मात्र मतदाता दर्ता गरिने व्यवस्था हुँदा जिल्लाका टाढा–टाढाका बासिन्दालाई सास्ती हुने गरेको गुनासो छ। दुर्गाभगवति–२ का अनिश कुमार महतोले मतदाता नामावली सङ्कलनको कार्य इलाका प्रशासन कार्यालय र स्थानीय तहहरूबाट पनि गर्न सकिएको भए युवा सहभागिता झन् बढ्ने बताउनुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...