सन् २०२६ को आइसिसी टी–२० विश्वकपका लागि २० टोली टुङ्गिए

Published on

काठमाडौं, सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि खेल्ने २० वटै टोलीको टुङ्गो लागेको छ।

ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत बिहीबार राति संयुक्त अरब इरिमेट्स (युएई) ले जापानलाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेपछि सहभागी सबै टोली पुष्टि भएका हुन्।

यसअघि नेपाल र ओमानले क्रमशः १८औँ र १९औँ टोलीको रूपमा विश्वकपमा स्थान बनाइसकेका थिए। सुपर सिक्स अन्तर्गत नेपालले आज साँझ सामोआसँग प्रतिस्पर्धा गर्नेछ। सामोआलाई पराजित गरेमा नेपालले छनोटको ट्रफी पनि जित्नेछ।

विश्वकपमा भारत र श्रीलङ्का आयोजक देशको रूपमा सोझै छनोट भएका छन् भने अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, अफगानिस्तान र अमेरिका अघिल्लो संस्करणको सुपर आठमा पुगेकाले सोझै छनोट भएका छन्।

न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा छनोट भएका हुन् भने क्यानाडाले अमेरिकी महादेशबाट, नेदरल्यान्ड्स र इटालीले युरोपबाट र जिम्बावे र नामिबियाले अफ्रिकी छनोटमार्फत विश्वकपमा स्थान बनाएका छन्।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...