गुल्मीमा राहदानी सेवाबाट एक सातामा २० लाखभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौं कात्तिक १ — गुल्मी जिल्ला प्रशासन कार्यालयले एक हप्ताको अवधिमा राहदानी सेवाबाट मात्र २० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार, गत आइतबारदेखि शुक्रबारसम्मको बीचमा ४०६ जनाले राहदानीका लागि आवेदन दिएको र सोबाट रु २० लाख ४७ हजार ५ सय राजस्व सङ्कलन भएको हो।

अन्य सेवाबाट पनि केही राजस्व संकलन भएको छ। सोही अवधिमा २६ वटा संस्था दर्ता तथा नवीकरणबाट रु १३ हजारराष्ट्रिय परिचयपत्र सेवाबाट रु १९ हजार राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।

यसरी, विभिन्न सेवाबाट जम्मा रु २० लाख ७९ हजार ५ सय राजस्व सङ्कलन भएको हो।

यही एक सातामा कार्यालयमार्फत भएका अन्य प्रमुख सेवा प्रवाह विवरण यसप्रकार छन्:

  • नयाँ नागरिकता वितरण: ४९८
  • नागरिकताको प्रतिलिपि: २३९
  • नाबालक परिचयपत्र वितरण: ४९
  • राहदानी वितरण: १२८
  • राष्ट्रिय परिचयपत्र आवेदन सङ्कलन: १,०६१
  • राष्ट्रिय परिचयपत्र वितरण: ८८०
  • दलित, जनजाति, पारिवारिक विवरण तथा प्रमाणित: २६
  • मतदाता नामावली दर्ता: ७०३

जिल्ला प्रशासन कार्यालयले नागरिकले दैनिक रुपमा लिने सेवा प्रभावकारी बनाउँदै सूचना प्रवाह, सहजीकरण र समयमै सेवा उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित गरिरहेको जनाएको छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...