भयरहित निर्वाचन गराउन सरकार दत्तचित्त रहेको प्रधानमन्त्री कार्कीको भनाइ

Published on

काठमाडौं, कात्तिक ५

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई भयरहित र निष्पक्ष ढंगले सम्पन्न गराउन सरकार पूर्ण रूपमा दत्तचित्त रहेको बताउनुभएको छ।

बसन्तपुरमा आयोजित नेपाल संवत् ११४६ नयाँ वर्ष स्वागत समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हालको विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको तयारीमा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो।

“निर्वाचन प्राथमिकतामा रहेको छ, तर यसले अन्य मुद्दामा सरकार मौन छ भन्ने अर्थ लगाउनु हुँदैन,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भ्रष्टाचार र सुशासनका सवालमा पनि राज्यका संयन्त्रहरूबाट परिणाममुखी रूपमा काम भइरहेको छ।”

उहाँले जेनजी आन्दोलनसँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै भन्नुभयो, “संविधानको अधीनमा रही जेनजी समुदायको सुशासनप्रतिको आवाज सम्बोधन गर्नु सरकारको दायित्व हो। यसमा हामी प्रतिबद्ध छौँ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन समाजका सबै पक्षहरूको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। “लोकतन्त्रलाई जीवित राख्न, भ्रष्टाचार नियन्त्रण गर्न र समाजमा सद्भाव कायम गर्न सबैले सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले सबै राजनीतिक दल, वर्ग र समूहहरूको साथ र सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो।

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...