शिक्षक रेशम थापाको कृषिमा उदाहरणीय सफलता

Published on

काठमाडौं, कात्तिक ५

४० वर्षीय शिक्षक रेशम थापा धुर्कोट गाउँपालिका–६ मा २०६६ सालदेखि अध्यापन गर्दै आइरहनुभएको छ। स्थायी जागिर २०७६ सालदेखि भए पनि उहाँ करिब दुई दशकदेखि कृषि क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ।

उहाँले रोपेका ५०० मध्ये ३०० बोट सुन्तला फल्न थालेका छन् र वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ।

थापासँग एक हजार ६०० बोट टमाटर छन्, जुन टर्नेलभित्र वर्षमा दुई पटक उत्पादन गर्न सकिन्छ। उहाँको टमाटर गाउँपालिकाको केन्द्र बरबोट र तम्घास बजारसम्म पुग्छ।

टमाटर प्रतिकिलो होलसेलमा ७० र फुटकरमा १०० रुपैयाँसम्म बिक्री हुन्छ। यसबाट उहाँले वार्षिक एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ।

अहिलेसम्म उहाँले पुर्ख्यौली जग्गामा खेती गर्दै आउनुभएको छ। सुन्तलाका लागि थप अनुकूल जग्गा नभएको उहाँले बताउनुभयो।

गाउँमा पर्याप्त सिँचाइ सुविधा छ र उहाँले परम्परागत धान, मकै खेती पनि गर्दै आउनुभएको छ।

विद्यालय जाँदा आवश्यक कामहरू उहाँकी श्रीमती मिना थापाले सहजीकरण गर्नुभएको छ।

स्थायी जागिर भएकाले लगानीमा ऋण लिनु नपरेको र अहिलेसम्म करिब आठ लाख रुपैयाँ लगानी गरिसक्नु भएको थापा बताउनुभयो।

धुर्कोट गाउँपालिकाबाट नमुना कृषि फर्मको रूपमा दुई लाख रुपैयाँ सहयोग प्राप्त गरी टर्नेलमा लगानी गर्नुभएको छ।

गाउँपालिका प्रमुख भुपाल पोख्रेलले शिक्षक थापाको यो कर्म सबैका लागि प्रेरणादायी भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “जागीरको समय व्यवस्थापन गरेर पनि कृषि खेती गर्दै आम्दानी गरिरहनु भएको उहाँबाट सबैले सिक्नुपर्छ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...