फरार जबरजस्ती करणी प्रतिवादी सहित ११ जना पक्राउ

Published on

काठमाडौं, कात्तिक ५

मकवानपुर प्रहरीले फरार जबरजस्ती करणी प्रतिवादी विजय तामाङलाई पक्राउ गरेको छ।

३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा विजय तामाङ पक्राउ परेका हुन्।

तामाङमाथि जिल्ला अदालत सिन्धुपाल्चोकले २०७४ साउन ११ गते १० वर्ष कैदको फैसला गरेको थियो।

उहाँ १० वर्षदेखि फरार थिए र प्रहरीले खोजतलास गर्दै आइरहेको थियो।

त्यसै गरी प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ बस्ने राजेश दर्नाल (हेमन्त परियार) लाई पनि पक्राउ गरेको छ।

परियारमाथि चोरी र डाँका मुद्दामा पाँच वटा फरक मुद्दा चलिरहेका थिए।

उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ बुक तास र ६ लाख ६ हजार ३१० रुपैयाँ नगद सहित ११ जनालाई पक्राउ गरेको छ।

जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सिआरएस चेकजाँच गर्दा तामाङ र परियार फरार रहेका अपराधी भएको पुष्टि भएको छ।

प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...