काठमाडौँ, कात्तिक ५
तिहार तथा न्यू शिवदर्शन युवा क्लवको प्रथम वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको खुला भलिवल प्रतियोगितामा सुर्योदय युवा क्लव बडिगाड गाउँपालिका–८, बागलुङ विजेता बनेको छ।
साहारा युवा क्लव इस्मा गाउँपालिका–१ लाई पराजित गर्दै सुर्योदयले नगद ४० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो। उपविजेता साहारा क्लवले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लवका सचिव रमेश थापाले जानकारी दिनुभयो।
एसआर टु मुसिकोट तृतीय स्थानमा रहँदै १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। विजयी टोलीहरूलाई इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले सम्मान गर्नुभयो।
प्रतियोगितामा आयोजकसहित ११ समूहको सहभागिता थियो। २०८१ सालमा स्थापना भएको न्यू शिवदर्शन युवा क्लवले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि सक्रियता बढाउँदै आएको उपाध्यक्ष सुन्दर बस्नेतले बताउनुभयो।
क्लवले चाँडै महिला फोहोर व्यवस्थापन सामग्री वितरणको योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो। आर्थिक स्रोत नभएकाले बर्सेनि सहयोग संकलन अभियानमार्फत कार्यक्रम गर्दै आइरहेको क्लवले यो वर्ष २ लाख ५० हजार रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।

