सुर्योदय युवा क्लवले जित्यो न्यू शिवदर्शन खुल्ला भलिवल उपाधि

Published on

काठमाडौँ, कात्तिक ५

तिहार तथा न्यू शिवदर्शन युवा क्लवको प्रथम वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको खुला भलिवल प्रतियोगितामा सुर्योदय युवा क्लव बडिगाड गाउँपालिका–८, बागलुङ विजेता बनेको छ।

साहारा युवा क्लव इस्मा गाउँपालिका–१ लाई पराजित गर्दै सुर्योदयले नगद ४० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो। उपविजेता साहारा क्लवले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लवका सचिव रमेश थापाले जानकारी दिनुभयो।

एसआर टु मुसिकोट तृतीय स्थानमा रहँदै १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। विजयी टोलीहरूलाई इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले सम्मान गर्नुभयो।

प्रतियोगितामा आयोजकसहित ११ समूहको सहभागिता थियो। २०८१ सालमा स्थापना भएको न्यू शिवदर्शन युवा क्लवले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि सक्रियता बढाउँदै आएको उपाध्यक्ष सुन्दर बस्नेतले बताउनुभयो।

क्लवले चाँडै महिला फोहोर व्यवस्थापन सामग्री वितरणको योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो। आर्थिक स्रोत नभएकाले बर्सेनि सहयोग संकलन अभियानमार्फत कार्यक्रम गर्दै आइरहेको क्लवले यो वर्ष २ लाख ५० हजार रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...