नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गरेको फ्युजमेसिन्स नास्डाकमा सूचीकृत

Published on

काठमाडौं । नेपाली मूलका सूचना प्रविधि उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स ले अमेरिकाको प्रतिष्ठित शेयर बजार नास्डाक (NASDAQ) मा बिहीबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ।

बौद्धिक कृत्रिमता (Artificial Intelligence–AI) सम्बन्धी प्रविधिमा काम गर्दै आएको फ्युजमेसिन्सले दुई वर्षअघि CSLM Acquisition Company सँग गरेको ‘मर्जर’ प्रक्रिया सम्पन्न गरी अब “FUZ” नामबाट नास्डाकमा धितोपत्र कारोबार गर्न थालेको हो।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. मास्केले भने, “नवीन सोच र सानो टिमबाट सुरु भएको हाम्रो प्रयासले आज नास्डाकसम्मको यात्रा तय गरेको छ, यो उपलब्धिले हामीलाई अझ ठूलो लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको छ।”

डा. मास्केका अनुसार कम्पनीमा हाल करिब ३५० जना कर्मचारी कार्यरत छन्, जसमा करिब २६० जना नेपालमा कार्यरत छन्।

यससँगै नास्डाकले एक विज्ञप्ति जारी गर्दै CSLM Acquisition Company र Fusemachines Inc. बीचको साझेदारी प्रक्रिया पूरा भएको र बिहीबारदेखि फ्युजमेसिन्सको शेयर कारोबार सुरु भएको जानकारी दिएको छ। नास्डाकमा सूचीकृत हुनु नेपाली उद्यमशीलताको लागि विश्वस्तरमा एक ऐतिहासिक उपलब्धि मानिएको छ।

कम्पनीको शीर्ष नेतृत्वमा डा. समीर मास्के प्रमुख कार्यकारी अधिकृत (CEO) र क्रिष्टिन च्याम्बर्स प्रमुख वित्त अधिकृत (CFO) रहेका छन्। मर्जरपश्चात कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...