बैतडीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Published on

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्टको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिष्ट बिहीबार दिउँसो घरबाट सिउडे जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनी अबेरसम्म घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए।

खोजीका क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोड नजिक सडकबाट करिब १०० मिटर तल बिष्टको शव फेला परेको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए।

घटनास्थलमै बिष्टले चलाएको सुप–प्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...