छठका लागि बढ्यो केराको कारोबार

Published on

काठमाडौं । छठ पर्व सुरु भएसँगै सुनसरीको इनरुवासहित जिल्लाका स्थानीय बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको हो ।

छठ पर्वमा भगवान सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग सदमुकाम इनरुवासहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारीहरूले बताएका छन् । इनरुवासहित स्थानीय बबिया, रामनगरभुटाहा, जल्पापुर, हरिनगर, देवानगञ्ज, बर्जु, चिमडीका बजारमा केराको कारोबार बढेको छ ।

त्यसैगरी इटहरी, दुहबी नगरपालिका, रामधुनी, कोशी, भाण्टाबारीलगायतका मुख्य बजारदेखि ग्रामीण हाट बजारसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड बढेको छ । इनरुवाका केरा व्यापारी श्याम यादवले यस वर्ष व्यापारीहरूले भारत र अन्य जिल्लाबाट ठुलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताउनुभयो ।

गोदाममा पर्याप्त मात्रा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुने यादवले बताउनुभयो । तर केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ । इनरुवा नगरपालिकाका सम्भु यादवका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य करिब पाच सयदेखि १ हजार रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।

व्यापारीहरूको भनाइमा सीमावर्ती बजारहरूबाट करिब एक करोड रुपियाँ बराबरको केरा आयात गरिएको छ । स्थानीय व्यापारीहरूले आइतबारसम्म केराको कारोबार बढ्ने अनुमान गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...