उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु

Published on

काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा करु काट्न सुरु भएको छ । ३१ सय मिटर उचाइमा रहेको नुब्री भ्यालीमा लगाइएको करु चम्पा, सातु, खोले र ढिडो बनाएर खानका लागि उब्जनी हुने मुख्य बाली करु काट्न सुरु भएको चुमनुब्री गाउँपालिका– २ ल्होका साङदोर्जे लामाले जानकारी दिनुभयो ।

हिमाल पारीको गाउँपालिका चुमनुब्रीमा करुको बिशेष महत्त्व छ, साङदोर्जे लामाले भन्नुभयो, ‘‘उत्तरी गोरखाको मुख्य बाली हुनुका साथै स्वास्थ्य अवस्थालाई ख्याल गर्दै हिमाली भेगका करु स्वादिलो, पोषिलो हुने भएकाले उत्तरी गोरखा आइपुग्ने पर्यटक र काठमाडौँमा बस्नेहरुको माग उच्च रहेको छ ।’’

करु खेती विशेष गरी साउन र चैतमा रोप्ने गरिन्छ । उच्च हिमाली भेगमा हावापानीका कारण तीन हजार मिटरभन्दा माथि वर्षमा दुई पटकमात्र खेतीबाली लगाएर करु चैतमा लगाएको करु असारमा र साउनमा लगाएको करु कात्तिकमा काटिन्छ ।

‘‘उत्तरी गोरखामा करु काट्न भ्याइनभ्याइँ छ,’’ लामाले भन्नुभयो, ‘‘नुब्री भ्यालीका अधिकांश किसानहरुको मुख्य पेशा करु खेती भएकाले केहि दिनदेखि यता हिमपात भएपछि हिउँले ढाकिएर करु काट्न नपाइएको हो ।’’

उत्तरी गोरखमा करुको सातु काठमाडौँ लगाउतका शहरहरुमा अत्यधिक मात्रा बिक्री वितरण हुने भएकाले पनि करु खेतीको विशेष महत्त्व उत्तरी गोरखमा मान्ने गरिन्छ । उक्त खेतीले आफनो परिवारलाई खाना पनि हुने र आर्थिक उर्पाजनमा पनि सहयोग पुग्ने गरेको लामाको भनाइ छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...