बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

Published on

काठमाडौं । कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार ‘रोदन’ले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताउनुभयो ।

समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेका बताउनुभयो ।

समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गर्नुभयो । रासस

spot_img

ताजा समाचार

राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि...

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

जिर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला

काठमाडौं । सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जिर्ण बनेको छ...

बेसार र अदुवा प्रवर्द्धन गर्न बीउमा अनुदान

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५०...