जेनजी आन्दोलनका कारण रोकिएका सवारी–लाइसेन्स जरिवाना मिनाहा हुने

Published on

काठमाडौं । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नवीकरण हुन नसकेका सवारी र चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी जरिवाना मिनाहा गरिने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयका बारेमा जानकारी दिँदै सेवा पुनःसुचारु नहुनेसम्मको अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना नलाग्ने व्यवस्था गरिएको बताउनुभएको हो ।

उहाँका अनुसार इटहरी सवारी तथा यातायात कार्यालय र विर्तामोड कार्यालय बाहेकका प्रदेशका सबै यातायात कार्यालयहरूले सोमबार (कात्तिक १७ गते) देखि सवारीसाधनसम्बन्धी सेवा सञ्चालन गर्ने भएका छन् । इटहरी र विर्तामोडमा भने आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण सम्पूर्ण संरचना नष्ट भएकाले पुनःस्थापनासम्बन्धी सूचना प्रकाशित भएपछि मात्रै सेवा सुरु हुने भएको हो ।

‘‘लाइसेन्स प्रणाली भने सर्भर नचल्दा अझै ठप्प छ ।,’’ मन्त्री भण्डारीले भन्नुएको छ, ‘‘सेवा सुचारु नहुनुका कारण नवीकरण हुन नसकेका सवारी र लाइसेन्समा जरिवाना लाग्ने छैन । सेवा सञ्चालन सुरु भएपछिको समयावधिलाई मात्र गणना गरिनेछ ।’’ उहाँका अनुसार सो अवधिमा म्याद थपका हिसाब पनि त्यही अनुसार हुने छन् ।

यसैबिच, मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सरकारले स्थापना गरेको शैलजा हृदयरोग केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गरेको छ । बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत अस्थायी कर्मचारीका दरबन्दी पनि स्वीकृत गरेको छ । यस्तै, जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको मर्मत, सम्भार र पुनर्निर्माणका काम तत्काल अघि बढाउने जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ । यस्तै, नष्ट भएका सामग्रीलाई कानुनी प्रक्रिया अनुसार मिनाहा गर्न सकिने र बाँकी सामग्री लिलामी प्रक्रियाबाट निस्तारण गर्ने निर्णय गरिएको छ । सवारी साधनका हकमा आवश्यक परेमा नयाँ खरिद वा मर्मतपछि सञ्चालन गर्ने, बिमाबाट प्राप्त रकमको प्रक्रिया सुरु गर्ने र लगत कट्टाको व्यवस्था गर्ने पनि मन्त्री भण्डारीले बताउनुभयो । बैठकले अत्यावश्यक नभएका नयाँ सवारीसाधन नखरिद गर्ने नीति पनि दोहोर्‍याएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...