योजनामा अनुशासन र पारदर्शिता अनिवार्य गर्न मुख्यमन्त्री शाहको निर्देशन

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास योजनामा अनुशासन, पारदर्शिता र प्राथमिकताको स्पष्टता अनिवार्य गर्न निर्देशन दिनुभएको छ ।

शनिबार बैतडीमा आयोजना गरिएको पालिका प्रमुख, संघ–प्रदेश–स्थानीय तहका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रक्रिया पारदर्शी बनाउन आह्वान गर्नुभएको छ ।

पछिल्लो समय आवश्यकता नपरेका  ठाँउ र स्थानमा बजेट छुट्याइएको र सम्पन्न योजनामा पुनः खर्च देखाइएको गुनासो बढ्दै गएको मुख्यमन्त्री शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वास्तविक आवश्यकता नबुझेको योजना कार्यान्वयनमा जाने छैन त्यसका लागि हरेक निकायले कार्यतालिका बनाएर मात्र अघि बढ्नुपर्छ ।’’

उहाँले उपभोक्ता समिति मार्फत कार्य सम्पन्न गर्ने परिपाटी अन्त्य गर्नुपर्ने धारणा राख्दै, ठेक्का प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारले छिट्टै उपभोक्ता समितिका कामका लागि मापदण्ड र कानुनी ढाँचा तय गर्ने तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाहले बैतडीका चारै सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको शान्ति–सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी समेत लिनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सो बैठकमा उहाँले सुरक्षा संयन्त्रबिच समन्वय र सतर्कता बढाउन आग्रह गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...