निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

Published on

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता खुला गरेको छ।

आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। आयोगले शुक्रबार दुवै निर्वाचनसम्बन्धी छुट्टाछुट्टै सूचना सार्वजनिक गर्दै दर्ता प्रक्रियामा सहभागी हुन बोलाएको हो।

दल दर्ताका लागि निवेदन पेश गर्दा दलसम्बन्धी सम्पूर्ण विवरण, दलको नाम आयोगमा दर्ता गरिएको मिति तथा अन्य आवश्यक कागजातहरू समेत समावेश गर्न आयोगले निर्देश गरेको छ।

फागुन २० गतेबाट राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुँदै भएकाले रिक्त पद पूर्ति गर्न माघ ११ गते निर्वाचन सञ्चालन गरिन लागेको हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...