अनलाइन ठगी बढेपछि नेपाल प्रहरीद्वारा सात बुँदे सचेतना अनुरोध

Published on

काठमाडौं । हाल अनलाइनमार्फत हुने ठगीको घटना तीव्र रूपमा बढेपछि नेपाल प्रहरीले नागरिकलाई सजग रहन सात बुँदे चेतावनी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत विभिन्न प्रलोभन देखाई गरिने ठगीबाट बच्न सर्वसाधारणलाई सावधान रहने आग्रह गरेको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार दैनिकजसो नागरिक प्रलोभनमा परी आर्थिक ठगीमा परिरहेको पाइएकाले सूचना जारी गरिएको हो। फेसबुक, इमो, ह्वाट्सऐप, भाइबर, इन्स्टाग्राम जस्ता माध्यममार्फत ‘चिठ्ठा परेको छ’ भन्दै अग्रिम राजस्व वा सेवा शुल्क मागी रकम झिकाउने जालसाजी बढिरहेकाले त्यस्ता सन्देशप्रति विश्वास नगर्न अनुरोध गरिएको छ।

सूचनामा अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक विक्रेता वा कम्पनीको प्रामाणिकता पुष्टि गरेपछि मात्र भुक्तानी गर्न सुझाव दिइएको छ। त्यस्तै, अपरिचित व्यक्तिबाट आउने भिडियो कल रेकर्ड गरी त्यसलाई अश्लील बनाएर ‘ब्ल्याकमेल’ गर्ने घटनामा वृद्धि भएकाले त्यस्ता कलप्रति सचेत रहन प्रहरीको आग्रह छ।

प्रवक्ता भट्टराईका अनुसार साथीभाइ वा आफन्तको सामाजिक सञ्जालमार्फत सहयोग मागिएको देखिएमा प्रत्यक्ष सम्पर्क गरेर मात्र भरोसा गर्नुपर्ने उल्लेख छ, किनकि त्यस्ता खाता ‘ह्याक’ भएका हुन सक्छन्। सस्तो दर देखाएर अग्रिम रकम पठाउन लगाई गरिने ठगीबारे पनि सतर्कता अपनाउन सुझाव दिइएको छ।

यससँगै अपरिचित वा नयाँ लिङ्क नखोल्न, ओटीपी कोड कसैलाई नदिन, आफ्नो मोबाइल स्क्रिन अरूलाई नदेखाउन, सामाजिक सञ्जालमा संवेदनशील व्यक्तिगत जानकारी नराख्न तथा पासवर्ड वा निजी विवरण आफन्तलाई पनि नदिन आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...