रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

Published on

काठमाडौं । रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ ।  मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार   पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । पक्की सडक बनेपछि स्थानीय हर्षित छन् ।  ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...