गुल्मीका दुई गोठमा आगलागी

Published on

काठमाडौं । गुल्मी दरबार गाउँपालिका– ५ अम्मर अर्बाथोकका ५८ वर्षीय नारायण श्रेष्ठको गोठमा अचानक आगलागी भएको छ । आगोमा परेर एउटा भैंसी र पाडोको मृत्यु भएको छ । प्रहरी चौकी चारपाला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।

त्यस्तै रेसुङ्गा नगरपालिका–३ भाडगाँउका ४० वर्षीय अनिल बस्नेतको ढुङ्गा माटोले बनेको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा दुई भैंसी र एउटा गाई जलेर घाइते भएका छन् ।  आगो जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी टोली, रेसुङ्गा नगरपालीकाको दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च...

धनकुटामा समानुपातिक मतगणना सकियो : एमाले पहिलो, रास्वपा दोस्रो

काठमाडौँ — धनकुटा जिल्ला को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा नेपाल कम्युनिस्ट पार्टी...

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको संगठित...

दाङमा १० हजारभन्दा बढी मत बदर

काठमाडौं । दाङ जिल्ला मा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजारभन्दा...