भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी सप्तरीमा पक्राउ

Published on

काठमाडौं । झुठा विवरण पेश गरी भ्रष्टाचार गरेकोे अभियोगमा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। विशेष अदालत काठमाडौंले सजाय सुनाएपछि लुकिछिपी बसेका रुपनी गाउँपालिका–१ निवासी रामबाबु यादवलाई प्रहरीले खोजी गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीका अनुसार यादवलाई अदालतले भ्रष्टाचारसम्बन्धी कसुरमा १० हजार रुपैयाँ जरिवाना र छ महिनाको कैद सजाय निर्धारण गरेको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि सप्तरी जिल्ला अदालत, राजविराजमा पेश गरिएको प्रहरीले जनाएको छ। प्रवक्ता पुरीका अनुसार अदालतको आदेश कार्यान्वयनका लागि चलाइएको अभियानकै क्रममा फरार प्रतिवादी पक्राउ परेका हुन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...