पर्यटकको पर्खाइमा ‘सिद्धगुफा’

Published on

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफा ओझेलमा परेको छ । धार्मिक र प्राकृतिक महत्त्व बोकेको यो गुफा पर्याप्त प्रचार–प्रसार नहुँदा पर्यटकको अपेक्षित आगमन हुन सकेको छैन । पृथ्वी राजमार्गबाट करिब ३० मिनेट पैदल यात्रा पुग्न सकिने सिद्धगुफा सहज पहुँचका बावजुद पर्यटकको ध्यानबाट बाहिर रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ । थापाले भन्नुभयो, “गुफा प्रचार–प्रसार गरेर सहज यात्राको लागि पूर्वाधारहरू निर्माण गरेर पर्यटकको आर्कषणको केन्द्रविन्दु बनाउन चाहेका छौं ।’’ सिद्धगुफा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ । प्रत्येक वर्ष यहाँ बोलबम मेला लाग्ने र सिद्धबाबाको दर्शनले मनोकामना पूरा हुने विश्वासले धेरै भक्तजनलाई आकर्षित गर्ने गरेको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाले हाल सिद्धगुफा प्रवर्धनका लागि बजेट विनियोजन गर्दै विभिन्न पूर्वाधार सुधारमा प्राथमिकतामा राखिएको छ । 

चालु आवमा गुफा परिसरको सिँढी मर्मत, रङरोगन, आराम स्थल निर्माण र सौन्दर्यीकरणको काम अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारले बजारदेखि गुफासम्मको बाटोमा रेलिङ र ढुङ्गा छापेर पदमार्ग निर्माण गरेको छ । नवप्रवर्तन साझेदारी कोषमार्फत करिब एक करोड रुपियाँको लागतमा सौन्दर्यीकरण सम्पन्न गरिएको छ । स्थानीयवासीले प्रचार–प्रसारमा कमी रहेको बताएका छन् । सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले पनि गुफाको प्रचार–प्रसार र व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन स्थानीय तह, प्रदेश र सङ्घीय तीन तहकै सरकारसँग समन्वय बढाइएको बताउनुभयो । श्रेष्ठ भन्नुभयो, “सिद्धगुफा नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, संरक्षण र पर्यटकमैत्री पूर्वाधार थप्दा बन्दीपुर पर्यटनको नयाँ उचाइमा पुग्छ ।”

अध्यक्ष श्रेष्ठका अनुसार करिब ८ सय मिटर लामो गुफा हो । भित्तामा चुनढुङ्घाबाट बनेका भगवानका मूर्ति, चराचुरुङ्गी, जनावर तथा अन्य आकृतिहरू देख्न सकिन्छ । यस प्राकृतिक र सांस्कृतिक सम्पदाले आगन्तुकलाई मोहित पार्दै, नेपालकै ठुलो गुफा भएर पनि दर्शन गर्न पाइने भए पनि अझै ओझेलमा छ । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको समितिले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...