शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान : परेन निवेदन

Published on

काठमाडौं । जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको सरस्वती माविले गत भदौबाट लगातार शिक्षक भर्नाका लागि विज्ञापन गर्दा कसैबाट पनि निवेदन पेश नगरिएको हो । गत भदौमा १५ दिनको अवधि राखेर सुरु गरिएको शिक्षक भर्नाका लागि गरिएको विज्ञापनमा कसैको पनि निवेदन नपरेका कारण त्यसपछि पनि एक हप्ताको समयावधि राखेर चार पटक विज्ञापन गरएको थियो । यस समयमा पनि कसैको निवेदन नपरेको विद्यालयका प्रधानाध्यापक जयत्रहादुर धामीले बताउनुभयो ।

सङ्घीय अनुदानमा विज्ञान र गणित शिक्षक भर्नाका लागि सर्केगार्ड गाउँपालिकाले बजेटको व्यवस्था गरेको थियो । अघिल्लो चार पटक गरिएको विज्ञापनमा निवेदन मात्र नआएर फोन पनि नआएको बताउँदै उहाँले यो पछिल्लो पाँचौँ पटकको विज्ञापनमा भने दुई जनाले फोन गरेको भए पनि सम्पर्कमा नआएको बताउनुभयो । सो अनुदानमा माविको शिक्षकका लागि तलब स्केल मात्र व्यवस्था गरिएको थियो । चार पटठक विज्ञापन गर्दा कसैको निवेदन नपरेपछि अभिभावक भेलामा वडा अध्यक्षलाई समेत उपस्थिति गराएर स्थानीय भत्ता वडाले व्यहोर्ने प्रतिबद्धता जनाएको विज्ञापन गर्दा पनि कसैको निवेदन नपरेको उहाँले बताउनुभयो । दुर्गम र तलब स्केल मात्र व्यवस्था भएका कारण शिक्षक भर्नामा समस्या आएको छ । जिल्लामा विज्ञान विषयका शिक्षक लाइसेन्स भएका जनशक्ति नभएको र बाहिरकाले न्यून पारिश्रमिक भएका कारण आउन नमानेको उहाँले बताउनुभयो । शिक्षक भर्ना गर्न नसकिएपछि कक्षा आठदेखि दससम्म पठनपाठनमामा  समस्या आउने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...