तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

Published on

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ गजलसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार शीतल गिरी, गीतकार डा. पुरुषोतम श्रेष्ठ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे (वेदमणि) लगायतले गजलसङ्ग्रह लोकार्पण गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा सघाउ पु¥याउने र साहित्यकारहरू नै समाजको मार्गनिर्देशक भएको बताउनुभयो । गजलसङ्ग्रहका लेखक तिमल्सिनाले मातापिता, गुरु, अग्रज र अनुजको प्रेरणाले गजलसङ्ग्रहमा  विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तुमा समेटिएका ८५ वटा गजल समावेश भएको बताउनुभयो । कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल धु्रव गजुरेल, वासु पौडेल, मेनुका आचार्यलगायतले आआफ्नो रचनावाचन गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...