तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

Published on

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजको आयोजनामा शनिबार एक कार्यक्रमबिच उक्त पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ गजलसङ्ग्रह पनि लोकार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार शीतल गिरी, गीतकार डा. पुरुषोतम श्रेष्ठ, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे (वेदमणि) लगायतले गजलसङ्ग्रह लोकार्पण गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा सघाउ पु¥याउने र साहित्यकारहरू नै समाजको मार्गनिर्देशक भएको बताउनुभयो । गजलसङ्ग्रहका लेखक तिमल्सिनाले मातापिता, गुरु, अग्रज र अनुजको प्रेरणाले गजलसङ्ग्रहमा  विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तुमा समेटिएका ८५ वटा गजल समावेश भएको बताउनुभयो । कार्यक्रममा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल धु्रव गजुरेल, वासु पौडेल, मेनुका आचार्यलगायतले आआफ्नो रचनावाचन गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...