म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम

Published on

काठमाडौं । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना मात्र बाँकी रहदा समेत काम सुरु हुन सकेको छैन । २०८२ पुस महिनाभित्र निर्माणको काम सक्ने गरि २०७९ असार २९ गते ठेक्का सम्झौता भएको पुल अझै सुरु हुन सकेको छैन ।  घोराही र तुलसीपुर उपमहानगरपालिकाको सिमामा रहेको हापुरखोलामा एक सय ५० मिटर लम्वाई रहेको चारलेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको अन्तिम चरणको काम हुनुपर्ने भएपनि अहिलेसम्म काम हुन नसकेको पुल सेक्टर कार्यालय नेपालगंज बाँकेका इन्जिनियर रामकिसुन थारु बताउनुहुन्छ । निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दा पनि पुल निर्माणको काम सुरु हुन नसकेको बताउनुभयो । 

पुल निर्माणको जिम्मा पाएको शर्मा सगुन जेभीका प्रतिनिधि सुमन मिश्रले भने पुल निर्माणको काम सुरु गर्ने तयारीमा रहेको बताउनुहुन्छ । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री छठ, मेसिनरी सामग्रीसँगै कामदार समेत पुल निर्माणस्थलमा  आइसकेकाले  तत्काल काम सुरु गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ग्वारखोलाको दुई ठाउँमा पुल निर्माणको काम भइरहेका कारण हापुरखोलामा पुल निर्माण केही ढिलाई हुन पुगेको हो । ग्वारखोलाको जस्पुरमा पुल निर्माणको काम सकिएकाले अव हापुरखोलामा काम गर्छौं ।’’ हापुरखोलामा पुल निर्माणका लागि ठेक्का भएको सगुन शर्मा जेभीले नै घोराही–तुलसीपुर सडकअन्तर्गत कालाखोलामा चारलेन र ग्वारखोलामा दुईलेन पुल निर्माणको समेत ठेक्का पाएको छ । ग्वारखोलामा पुल निर्माणको पुलको करिव १२ प्रतिशत काम गरेपनि कालाखोलामा पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन । 

कालाखोलामा पुल निर्मार्णको काम सुरु गर्नलाई तत्काल डाईभर्सन निर्माण गर्नुपर्ने र त्यसका लागि विद्युत कार्यालयले पोल सार्न ढिलाई गरिदिएका कारण काम अघि बढाउन समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि मिश्र बताउनुहुन्छ । समयमा पुल निर्माणको काम हुन नसकेपनि पुल सेक्टर कार्यालय नेपालगंजले भने तीन वटा पुलको दुई÷दुई वर्ष म्यादथपका लागि विभागमा फाइल पठाएको इन्जिनियर थारुले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...