कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी

Published on

काठमाडौं । नेपालमा कोरियाली पर्यटन  प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीपत्रमा टानसँगको सहकार्यमा काटाले नेपालमा धेरै कोरियाली पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम, अभियान र प्रचारात्मक गतिविधि आयोजना गर्ने, नेपालमा कोरियाली पदयात्री र अन्य पर्यटकहरूको सुरक्षा बढाउन टानलाई सूचना, प्रविधिमा सहयोग गर्ने नेपाली पर्यटकलाई कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने पहलहरू गर्नेलगायतका विषयहरु उल्लेख छन् ।  

सो अवसरमा राजदूत यङले दुई संस्थाबीच भएको समझदारीले पर्यटन  प्रवर्द्धनसँगै दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले इपिएस प्रणाली र पर्यटनको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा पनि अझ फराकिलो बनाउन सकिने धारणा राख्नुभयो । काटाका उपाध्यक्ष वियोम्जेले टानसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच पर्यटक आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । टानका अध्यक्ष पाण्डेले नेपाल–कोरियाबीच सिधा हवाई उडानको सङ्ख्या बढाउनपर्ने आवश्यकता औँल्याउँदै दुई संस्थाबीचको समझदारीपछि एकअर्का देशमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी आउने विश्वास व्यक्त गर्नुभयो । टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाइँले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत नेपाल भ्रमणमा आउने कोरियाली पर्यटक र पदयात्रीको सुरक्षको प्रत्याभूति गरिने बताउनुभयो । सो अवसरमा कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष चा सिउ वनलगायत कोरियाली व्यवसायीहरुको पनि उपस्थिति थियो । कार्यक्रमको संयोजन टानका सहकोषाध्यक्ष लाक्पा टेम्बा शेर्पाले गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...