बैतडीमा गुड उत्पादन सुरु

Published on

काठमाडौं । जाडोयाम सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा उखु पेलेर रस निकाल्ने र त्यसबाट गुड उत्पादन गर्ने कार्य सुरु भएको छ। ग्रामीण क्षेत्रमा पुस्तौँदेखि चल्दै आएको यो परम्परा हालपनि निरन्तर रहेको स्थानीयवासी गंगा दत्त भट्टले बताउनुभयो । स्थानीय किसानहरूले खेतमा उत्पादन भएको उखु काटेर परम्परागत काठ र फलामले बनेकोे पेल्ने कोलू मार्फत रस निकाल्ने गर्छन् । संकलित रसलाई तामाको ठुलो ताउलीमा भरेर आगोमा उमालेर बाक्लो बनाएपछि लोकल गुड तयार गरिन्छ । यसरी तयार गरिएको गुड ताजा, शुद्ध र स्वादिलो हुने भएकाले स्थानीय उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको उपभोक्ताहरु बताउँछन् । जाडो मौसममा परिवारका सबै सदस्य मिलेर गुड बनाउने चलन रहेको छ । गुडबाट विभिन्न परिकार, चाकु, गुडभेली, गुडरोटी, खूदो, जुस जस्ता परिकार बनाएर खाने चलन छ भने टाढा रहेका आफन्तलाई कोशेलीका रूपमा पठाउने गरिएको स्थानीय जय देव भट्टले बताउनुभयो । 

यहाँका केही परिवारले गुड बिक्री गरी एक सिजनमा १ लाख देखि ५ लाख सम्मको गुड बिक्रीगरि आयआर्जन समेत गर्दै आएका सुर्नया ०४ का किसान धौलदेव भट्टले बताउनुभयो । स्थानीय स्तरमा उत्पादित गुड स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । रासायनिक पदार्थ प्रयोग नगरिएकाले यसले बजारमा पाइने तयारी चिनीजन्य पदार्थको विकल्पका रूपमा काम गर्दै आएको सुर्नया ०५ का किसान  सुरेश बिष्टले बताउनुभयो । आधुनिक जीवनशैली र व्यावसायिक उत्पादन प्रभावका कारण उखु खेती र गुड बनाउने परम्परा केही स्थानमा घट्दो क्रममा रहे पनि बैतडीका ग्रामीण भेगमा भने अझै यो परम्परा संरक्षणमै आएको सुर्नया ०२ का स्थानिय किसान प्रेमबहादुर चन्दले बताउनुभयो । आजभोली बैतडीका मुख्य बजारहरु गोठलापनि, देहिमाण्डौ, सतबाझँ, खोचेलेख, पाटन, खोड्पे लगायतका बजारमा ३ सय प्रति केजीका दरले बिक्री वितरण भइरहेको व्यापारीहरु बताउँछन् । बैतडीमा २ सय ६० हेक्टर क्षेत्रफलमा उखु खेति गरिदै आएको कृषि ज्ञानकेन्द्र बैतडी कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । भने बैतडीमा १६ मेक्ट्रिटन प्रति हेक्टर रहेको उहाँले बताउनभयो । 

बैतडीमा मङ्सिर दोस्रो सातादेखि माघको पहिलो र दोस्रो सातासम्म उखुपेल्ने गरिन्छ भने धेरैजसो किसानहरुले गोरुको साह्यताले खुखुपेल्ने गर्दछन् । बैतडिमा विशेषगरी डिलाशैनी गाउँपालिका, दोगडा केदार गाउँपालिका, सुर्नया, सिगास, पाटन, मेलौली, दसरथचन्द नगरपालिका लगायतका ठाउँमा उखु उत्पादनका लागि उपयोगि मानिएको कार्यालय प्रमुख जोशिले बताउनुभयो । उखुखेति १ हजार देखि १५ सय मिटर सम्मको उचाइमा हुने बताइन्छ । चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटबाट उखु प्रर्वधनका लागि डिलाशैनी गाउँपालिका कार्यक्रम लागु गरिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । स्थानीयवासीले परम्परागत सीपको संरक्षण, स्थानीय उत्पादन र सामूहिक श्रमलाई प्रोत्साहन गर्न र उत्पादनको बजारीकरणमा सहयोग पुगेमा उखुखेतिबाट ग्रामीण अर्थतन्त्रमा थप योगदान र्पुयाउन सक्ने बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...