बैतडीमा गुड उत्पादन सुरु

Published on

काठमाडौं । जाडोयाम सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा उखु पेलेर रस निकाल्ने र त्यसबाट गुड उत्पादन गर्ने कार्य सुरु भएको छ। ग्रामीण क्षेत्रमा पुस्तौँदेखि चल्दै आएको यो परम्परा हालपनि निरन्तर रहेको स्थानीयवासी गंगा दत्त भट्टले बताउनुभयो । स्थानीय किसानहरूले खेतमा उत्पादन भएको उखु काटेर परम्परागत काठ र फलामले बनेकोे पेल्ने कोलू मार्फत रस निकाल्ने गर्छन् । संकलित रसलाई तामाको ठुलो ताउलीमा भरेर आगोमा उमालेर बाक्लो बनाएपछि लोकल गुड तयार गरिन्छ । यसरी तयार गरिएको गुड ताजा, शुद्ध र स्वादिलो हुने भएकाले स्थानीय उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको उपभोक्ताहरु बताउँछन् । जाडो मौसममा परिवारका सबै सदस्य मिलेर गुड बनाउने चलन रहेको छ । गुडबाट विभिन्न परिकार, चाकु, गुडभेली, गुडरोटी, खूदो, जुस जस्ता परिकार बनाएर खाने चलन छ भने टाढा रहेका आफन्तलाई कोशेलीका रूपमा पठाउने गरिएको स्थानीय जय देव भट्टले बताउनुभयो । 

यहाँका केही परिवारले गुड बिक्री गरी एक सिजनमा १ लाख देखि ५ लाख सम्मको गुड बिक्रीगरि आयआर्जन समेत गर्दै आएका सुर्नया ०४ का किसान धौलदेव भट्टले बताउनुभयो । स्थानीय स्तरमा उत्पादित गुड स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । रासायनिक पदार्थ प्रयोग नगरिएकाले यसले बजारमा पाइने तयारी चिनीजन्य पदार्थको विकल्पका रूपमा काम गर्दै आएको सुर्नया ०५ का किसान  सुरेश बिष्टले बताउनुभयो । आधुनिक जीवनशैली र व्यावसायिक उत्पादन प्रभावका कारण उखु खेती र गुड बनाउने परम्परा केही स्थानमा घट्दो क्रममा रहे पनि बैतडीका ग्रामीण भेगमा भने अझै यो परम्परा संरक्षणमै आएको सुर्नया ०२ का स्थानिय किसान प्रेमबहादुर चन्दले बताउनुभयो । आजभोली बैतडीका मुख्य बजारहरु गोठलापनि, देहिमाण्डौ, सतबाझँ, खोचेलेख, पाटन, खोड्पे लगायतका बजारमा ३ सय प्रति केजीका दरले बिक्री वितरण भइरहेको व्यापारीहरु बताउँछन् । बैतडीमा २ सय ६० हेक्टर क्षेत्रफलमा उखु खेति गरिदै आएको कृषि ज्ञानकेन्द्र बैतडी कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । भने बैतडीमा १६ मेक्ट्रिटन प्रति हेक्टर रहेको उहाँले बताउनभयो । 

बैतडीमा मङ्सिर दोस्रो सातादेखि माघको पहिलो र दोस्रो सातासम्म उखुपेल्ने गरिन्छ भने धेरैजसो किसानहरुले गोरुको साह्यताले खुखुपेल्ने गर्दछन् । बैतडिमा विशेषगरी डिलाशैनी गाउँपालिका, दोगडा केदार गाउँपालिका, सुर्नया, सिगास, पाटन, मेलौली, दसरथचन्द नगरपालिका लगायतका ठाउँमा उखु उत्पादनका लागि उपयोगि मानिएको कार्यालय प्रमुख जोशिले बताउनुभयो । उखुखेति १ हजार देखि १५ सय मिटर सम्मको उचाइमा हुने बताइन्छ । चालु आर्थिक वर्ष २०८२-०८३ को बजेटबाट उखु प्रर्वधनका लागि डिलाशैनी गाउँपालिका कार्यक्रम लागु गरिने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । स्थानीयवासीले परम्परागत सीपको संरक्षण, स्थानीय उत्पादन र सामूहिक श्रमलाई प्रोत्साहन गर्न र उत्पादनको बजारीकरणमा सहयोग पुगेमा उखुखेतिबाट ग्रामीण अर्थतन्त्रमा थप योगदान र्पुयाउन सक्ने बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...