गुल्मीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु

Published on

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी–इश्मा भित्री कच्ची सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मदाने गाउँपालिक–६ पुर्कोट तर्फ जाँदै गरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको लु.प्र.०१–००ख०३५५ नं.को बस र अर्को दिशातर्फ हिडेको लु ९ प ८१५० नं. को मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मालिका गाउँपालिका–६ का ३६ वर्षीय बसन्त अर्याल र ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको गुल्मी अस्पतालबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । मोटरसाइकलमै रहेका ६ वर्षीय अनुभव गिरी र बसमा सवार ४१ वर्षीया लिलावती अर्याल घाइते भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो । बस चालक गुल्मी धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ को चुराबहादुर थापा र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

काठमाडौँ - बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार...

महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप...

साउदी अरबमा ड्रोन आक्रमणको प्रयासमा एक नेपालीसहित दुई श्रमिकको मृत्यु

काठमाडौँ – साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित...