बर्दियामा तीन लाख २३ हजार मतदाता

Published on

काठमाडौं । बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्। निर्वाचन कार्यालय बर्दियाले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार पुरुष एक लाख ५९ हजार तीन सय ८७ र महिला एक लाख ६३ हजार आठ सय ७३ जना र अन्य छ जना मतदाता रहेका छन् ।

गत असोज १० गते यता पुरुष तीन हजार दुई सय ९२ र महिला दुई हजार छ सय ४० जना गरी पाँच हजार ९ सय ३२ मतदाता थपिएका छन् । असोज १० गतेभन्दा अगाडि बर्दिया जिल्लामा तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता रहेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनुभयो । 

त्यसैगरी बर्दियामा एक सय ५४ मतदाता स्थलमा तीन सय ८७ मतदान केन्द्र राखिएको छ । यस वर्ष मतदान स्थल र मतदान केन्द्र थपघट नगरेपनि दुई ओटा मतदान स्थल स्थानान्तरण गरिएको छ । गुलरिया नगरपालिका वडा ६ को टाउनहलबाट श्री राधाकृष्ण थारू बंगलामुखी मा विमा र सामुदायिक भवन धामपुरबाट सदाशिव बहुमुखी क्याम्पस धामपुरमा स्थानान्तरण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...