जीवनको गीत उपन्यासमाथि विमर्श

Published on

काठमाडौं । प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङकी स्रष्टा मधु गुरुङको नवीनतम उपन्यास जीवनको गीतमाथि विमर्श कार्यक्रम सम्पन्न भयो । नारायणी नमुना मा वि भरतपुर चितवनको सभाहलमा भएको सो कार्यक्रममा बोल्दै आख्यानकार तथा  समीक्षक सरिता तिवारीले कृतिमाथि समीक्षा गर्दै  पितृसत्तात्मक हाम्रो समाजलाई जीवनको गीत उपन्यासले प्रहार गरेको बताउनुभयो ।

“हाम्रो समाज पितृसत्तात्मक समाज हो । यहाँ महिलालाई दबाउनैपर्छ भन्ने मान्यता छ जुन उपन्यासमा सशक्त रुपमा उठाइएको छ । उपन्यासको बलियो पक्ष भनेकै यही हो ।”उहाँले भन्नुभयो । यस्तै आख्यानकार आकाश पौडेलले जीवनको गीत उपन्यासमा प्रस्तुत गरिएका पुरुष  पात्रहरूको प्रस्तुति कमजोर भएको  टिप्पणी गर्नुभयो ।

प्रगतिशील लेखक सङ्घ चितवनका अध्यक्ष उषा तिवारी (विष्णुदेवी तिवारी उषाको)को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...