सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । रौतहटको गौर – गङ्गापिपरा सडक खण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका –४ कछुवापुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजे  बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल दुर्घटना भई पुल तल खसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा भारतको सिउहर जिल्ला पिपडारी मोहनपुर –६ का अन्दाजी २८ वर्षीय मिन्टु पासवानको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परि सोही ठाउँका २६ वर्षीय रमेश पासवान समेत घाइते हुनुभएको छ । दुबै जनालाई बागमती सेन्ट्रल हस्पिटल गङ्गापिपरामा प्राथमिक उपचारपछि प्रादेशिक अस्पताल गौरमा थप उपचारका लागि पठाइएको थियो । घाइते पासवानलाई   थप उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएको र  अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक बस्यालले जानकारी दिनुभयो । दुर्घटना के–कसरी भएको एकिन नभएको, मोटरसाइकलको दाहिने साइडको लेगार्ड कुचिएको र ब्लैक ओके रक्सी झोलामा लेगार्डमा झुण्ड्याइएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । घटनाको अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...