म्याग्दीमा ६ राजनीतिक दलले गराउँदै मनोनयन दर्ता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६ वटा राजनीतिक दलले मङ्गलबार मनोनयन दर्ताको तयारी गरेका छन् । जिल्लामा रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), नेपाली कम्युनिष्ट पार्टी(नेकपा), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पाटी)(राप्रपा) ले उम्मेदवार टुङ्गो लगाएर मनोनयन दर्ताको तयारी गरेका हुन् ।  

कांग्रेसबाट जिल्ला उपसभापति कर्णबहादुर भण्डारी(केबी), एमालेबाट केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपाबाट अर्जुन थापा, रास्वपाबाट युवराज रोका, नेकपा माओवादीबाट पोलिब्युरो सदस्य ध्रुव घिमिरे र राप्रपाबाट डम्बर सुवेदीले मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । उम्मेदवारको मनोनय दर्ताका लागि राजनीतिक दलहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले फरक–फरक समय निर्धारण गरेको छ । मनोनयन दर्ता बिहान ११ बजेदेखि सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गिकरण गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...