प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

Published on

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गरे। उनले रसुवालगायत क्षेत्रमा भएको विपद्मा नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको र जलवायु परिवर्तनका कारण यस्ता घटना बढिरहेको बताए।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए। साथै नेपालमा अमेरिकी लगानी र पर्यटन विकासका अवसरबारे पनि छलफल भएको छ।

कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाइन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणमा नेपाललाई आवश्यक सहयोग गर्न अमेरिकी सरकार तयार रहेको बताइन्।

spot_img

ताजा समाचार

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...

‘तिनीहरू’ चलचित्रलाई सरकारको सहयोग रहने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रको...

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...