रास्वपाले सुनसरीका चारै निर्वाचन क्षेत्रमा मनोनय दर्ता गराउँदै

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको चार वटै निर्वाचन क्षेत्रबाट मङ्गलबार दिउँसो १ बजे मनोनय दर्ता गराउने भएको छ । पार्टीका जिल्ला कार्यवाहक सभापति सागर दाहालले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफुहरुको उम्मेदवार मनोनय दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो । साथै सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट शरिन तामाङ, निर्वाचन क्षेत्र नम्बर २ बाट लाल विक्रम थापा, निर्वाचन क्षेत्र नम्बर ३ बाट अशोक कुमार चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट दिपककुमार साहले मनोनय दर्ता गराउनुहुदै छ । 

क्षेत्र २ का उम्मेदवार थापाले विगतको सिन्डिकेटलाई चिर्दै, सुशासन, समृद्धि र नागरिकको सर्वोच्चता स्थापित गर्न रास्वपाको तर्फबाट यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गर्न लागेको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...