श्रमसंस्कृति पार्टीका अध्यक्ष राईद्वारा मनोनयन दर्ता

Published on

काठमाडौं । धरान उपमहानगरमा आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ । उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभएको हो । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको प्रमुखमा निर्वाचित हुनुभएको थियो। उहाँले २० हजार ८ सय २१ मत प्राप्त गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । यो नतिजाले धरानमा दलगत राजनीतिभन्दा फरक, वैकल्पिक सोच र व्यक्तित्व केन्द्रित राजनीतिप्रति जनताको भरोसा बढ्दै गएको देखिएको थियो ।

प्रमुख हुँदा राईको कार्यकालको सबैभन्दा ठोस उपलब्धि धरानको दीर्घकालीन खानेपानी समस्या समाधानतर्फ गरिएको पहल थियो । हरेक निर्वाचनमा सबै पार्टी उम्मेदवारहरुले खानेपानीलाई मुख्य  एजेन्डा बनाउँदै आएकोमा उहाँले पनि आफ्नो प्रमुख एजेन्डामा खानेपानी नै थियो । उहाँ निर्वाचन हुनुभएदेखि पकुवा, सर्दु, सेउती, भालु र कोकाहा खोलाबाट पानी ल्याउने योजना अघि बढाउनुभएको थियो । विशेषगरी कोकाहा १ र २ बाट ४२ किलोमिटर जंगलको बाटो हुँदै पाइपलाइन विस्तार गरी ९८ औं दिनमा धरानमा पानी झारिनु ऐतिहासिक मानिन्छ । खानेपानी व्यवस्थापन बोर्डका अनुसार हाल कोकाहाबाट दैनिक करिब १२ लाख लिटर पानी धरान आउँछ, जबकि धरानको दैनिक माग ३ करोड लिटरभन्दा बढी छ । पूर्ण समाधान नभए पनि यसले धरानको  पानीको समस्या केही हदसम्म कम भएको छ । नियमित सरसफाइ अभियान, ढल व्यवस्थापन र लागूपदार्थविरुद्धको अभियानमार्फत उहाले स्वास्थ्यलाई नागरिक व्यवहारसँग जोड्न खोज्नुभएको थियो । ‘से नो टु ड्रग्स’ अभियानले युवामाझ चेतना फैलाउनुभएको थियो । 

स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा उहाँले धरान-२० मा सञ्चालन गरिएको ‘माया धराने’ बेसार उद्योग यसै सोचको परिणाम हो । कृषि पकेट क्षेत्रका किसानले उत्पादन गरेको बेसार प्रशोधन गरी अर्गानिक उत्पादन बजारमा ल्याइएको छ । यसले स्थानीय किसान, महिला र युवालाई प्रत्यक्ष आर्थिक लाभ दिएको छ । यसैगरि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ का लागि हालसम्म अध्यक्ष राईसहित ४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपाल मजदुर पार्टीको उम्मेदवार महेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवार देउमान लिम्बू ,मगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...