श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Published on

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । राती घरबाट सौचालय जान निस्कनुभएकी २० वर्षीया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा निजका श्रीमान पोखरा महानगरपालिका-२३ ठुलाखेतका ३२ वर्षीय रमेश कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । घटनामा विभिन्न अनुसन्धान विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा निजकै श्रीमानको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखराको बिरौटाबाट कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘‘उनीहरुबिच केही महिनायता वैवाहिक सम्बन्धमा खटपट आएको रहेछ, माइतमा बस्दै आउनुभएकी पुनमायालाई योजनाबद्ध तवरले पोखराबाट ढोरपाटन हुँदै झिनडाँडास्थित माइतीघरको बाहिर कुरेर रातको समयमा चक्कु प्रहार गरेको अभियुक्तले स्विकार गरेका छन, ज्यान सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अगाडी बढाएका छौं ।’’ पक्राउ परेका कामीले श्रीमतीको हत्या गर्दा प्रयोग गरेको रगत जस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। 

गत माघ ३ गते राती करिब ११ बजेको समयमा शौचालय गएकी पुनमाया विकलाई घरबाट बाहिर निस्कने क्रममा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा उपचारका लागि प्रदेश अस्पताल म्याग्दी, बेनीमा ल्याइएकोमा उपचारकै क्रममा सोही राति करिब २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर- नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु...

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...