पाँचथरको फिदिममा बालेनको स्वागत

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नु भएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ। फागुन २१ गतेको चुनावमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रुपमा अगाडि सारिनुभएका बालेनले फिदिममा नेता तथा कार्यकर्तासँग भेट गर्दै चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो । करिब एक घण्टा सदरमुकाम फिदिममा रहँदा उहाँले विभिन्न उमेर समूहका समर्थकसँग भेट गर्नुभयो । उहाँले रास्वपाबाट पाँचथरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रविक्रम थाम्सुहाङ र जिल्ला सभापति प्रकाश गुरुङलगायत जिल्लाका नेता कार्यकर्तासँग भेट गर्नुभयो। 

इलामको नेता कार्यकर्तासँग भेट गरेर उहाँ पाँचथर आइपुग्नु भएको हो। फिदिममा कार्यकर्तासँग भेट गरेर बालेन ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ लाग्नुभएको छ । उहाँले ताप्लेजुङमा पाथिभराको दर्शन गर्ने कार्यक्रम रहेको छ । पाथिभरा दर्शन गरेर उहाँ झापा फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...