पाँचथरको फिदिममा बालेनको स्वागत

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नु भएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ। फागुन २१ गतेको चुनावमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रुपमा अगाडि सारिनुभएका बालेनले फिदिममा नेता तथा कार्यकर्तासँग भेट गर्दै चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो । करिब एक घण्टा सदरमुकाम फिदिममा रहँदा उहाँले विभिन्न उमेर समूहका समर्थकसँग भेट गर्नुभयो । उहाँले रास्वपाबाट पाँचथरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रविक्रम थाम्सुहाङ र जिल्ला सभापति प्रकाश गुरुङलगायत जिल्लाका नेता कार्यकर्तासँग भेट गर्नुभयो। 

इलामको नेता कार्यकर्तासँग भेट गरेर उहाँ पाँचथर आइपुग्नु भएको हो। फिदिममा कार्यकर्तासँग भेट गरेर बालेन ताप्लेजुङ सदरमुकाम फुङलिङतर्फ लाग्नुभएको छ । उहाँले ताप्लेजुङमा पाथिभराको दर्शन गर्ने कार्यक्रम रहेको छ । पाथिभरा दर्शन गरेर उहाँ झापा फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...