विकासका एजेण्डासहित चुनावी मैदानमा पूर्व शिक्षा मन्त्री पौडेल

Published on

काठमाडौं । नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योजनाका साथ जनताको घरदैलोमा पुग्नुभएको छ । यसअघि बागलुङबाट पटक–पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाउनुभएका पौडेल यसपटक पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिनुभएको हो ।

फेरिएको कार्यक्षेत्र, उही विकासको सङ्कल्प
लामो समय बागलुङको राजनीतिमा सक्रिय पौडेलले यसपटक पश्चिम नवलपरासीलाई आफ्नो राजनीतिक र सामाजिक कर्मथलो बनाउने निर्णय गर्नुभएको छ । उहाँले विगत १५ वर्षदेखि सुनवल नगरपालिकाको वडा न.११, जर्गाहमा आफ्नै कृषि फार्म सञ्चालन गर्दै आउनुभएको छ । केवल राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै कृषि क्रान्तिको वकालत गर्ने पौडेल अब यसै जिल्लामा बसोबास गरी स्थानीयवासीसँगै सुख–दुःखमा साथ रहने योजनामा हुनुहुन्छ । १० वर्षे जनयुद्धमा समेत यस अवधक्षेत्रको इन्चार्जको रुपमा रहेर जिम्मेवारी लिनुभएका पौडेल नवलपरासी पश्चिमको चुनावी भूगोलका लागि स्पष्ट जानकार हुनुहुन्छ ।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान
पौडेल शिक्षामन्त्री हुँदा देशैभरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा काम गर्नुभयो ।  विशेषगरी पश्चिम नवलपरासी क्षेत्रका विभिन्न सामुदायिक विद्यालयहरूको भवन निर्माण, प्रयोगशाला र प्रविधिमैत्री शिक्षाका लागि उहाँले पुर्‍याउनुभएको योगदानलाई स्थानीय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ । सोही अनुभवलाई उहाँले अहिले आफ्नो चुनावी पुँजीको रूपमा समेत अघि सार्नुभएको छ ।

मुख्य चुनावी एजेण्डाः भौतिक पूर्वाधार र समृद्धि
यस पटकको निर्वाचनमा पौडेलले “फरक शैली र नयाँ सोच’’ लाई प्राथमिकता दिनुभएको छ । उहाँका मुख्य एजेण्डाहरूमा भौतिक पूर्वाधारः जिल्लाका सडक, ढल, र सिँचाइ आयोजनाहरूको गुरुयोजना बनाई कार्यान्वयन गर्ने, कृषि आधुनिकीकरणः जगार्हमा सञ्चालित आफ्नै मोडेलको कृषि फार्म जस्तै देशभर व्यावसायिक कृषिलाई प्रोत्साहन गर्ने, शिक्षा र स्वास्थ्यः सामुदायिक विद्यालयहरूको स्तरोन्नति र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने र स्थानीय रोजगारीः उद्योग र कृषिलाई जोडेर स्थानीय युवाहरूलाई जिल्लामै स्वरोजगार बनाउने रहेका छन् ।

जनअनुमोदित हुने विश्वास
“राजनीति केवल पदका लागि होइन, जनताको जीवनस्तर बदल्नका लागि हुनुपर्छ । म नवलपरासीको माटोमा पसिना बगाइरहेको छु र यहीँको विकासका लागि समर्पित हुनेछु ।’’ देवेन्द्र पौडेलको भनाइ छ । नयाँ निर्वाचन क्षेत्र भए तापनि लामो समयदेखि यसै क्षेत्रमा कृषि कर्ममार्फत स्थानीयसँग जोडिनुभएकाले पौडेल आफूलाई ‘पाहुना उम्मेदवार’ नभई ‘घरदैलोको साथी’ का रूपमा प्रस्तुत गरिरहनुभएको छ । राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व र विकासप्रेमी नेताको छवि भएका कारण उहाँ यसपटक नवलपरासी–२ का जनताबाट अनुमोदित हुनेमा विश्वस्त देखिनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...