कुटपिटले झाँक्रीको मृत्यु

Published on

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका –१ अन्तर्गत घ्याङफेदी (घेवारचौर) मा झारफुकको क्रममा भएको कुटपिटबाट एकजना झाँक्रीको मृत्यु भएको छ। स्थानीयका अनुसार झारफुक गर्न गएका ३३ वर्षीय रणबहादुर तामाङको बिरामी बुवा–छोराबिचको आपसी विवादपछि कुटपिट हुँदा घटनास्थलमै झाँक्रीको मृत्यु भएको हो। मृतक तामाङ घ्याङफेदी, घ्याङचौरका स्थायी बासिन्दा हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारीका अनुसार मंगलबार साँझ करिब ८ः४५ बजेको समयमा सोही स्थानको करिब ५२ वर्षीय ओङदी शेर्पा र उहाँका २५ वर्षीय छोरा कुन्साङ शेर्पाले कुटपिट गर्दा छिमेकी रणबहादुर तामाङको अवस्थामा मृत फेला परेका थिए । घटनापछि ओङदी शेर्पा र कुन्साङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक लोकराज पाठकले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...