इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

Published on

काठमाडौं । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घर गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित भएको जनाइएको छ । मङ्गलबार साँझ ७ः३० बजेसम्म, ३४ जना पीडितको पहिचान गरिएको  राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गर्नुभएको छ । “पहिचान गरिएका शव दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उहाँले बताउनुभएको छ । यस अघि बेपत्ता व्यक्तिको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउँदै स्थानीय अधिकारीले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् । उद्धारकर्ताले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरण प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।

यद्यपि खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ । स्थानीय अधिकारीका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरलाई गम्भीर क्षति पुयाएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् । पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दालाई स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुँदा करिब एक हजार २०० मानिसको मृत्यु हुनुका साथै दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ । यस्ता प्रकोप वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीप समूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...