इलाममा निर्वाचन प्रहरीको तालिम सुरु

Published on

 काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम इलाममा सुरु भएको छ । नेपाल प्रहरीतर्फ एक हजार सातसय ३४ जना र शसस्त्र प्रहरीतर्फ एकसय ७९ जना गरी एक हजार नौंसय १३ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो । इलाम सदरमुकामसहित जिल्लाका चुलाचुली, दानाबारी, फिक्कल, पशुपतिनगर र मंगलबारे गरी ६ स्थानमा तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारीले बताउनुभयो । 

‘भर्ना भएका सबै निर्वाचन प्रहरीलाई उनीहरुको पायक पर्ने स्थान रोज्न लगाएर तालिम हुने स्थान छुट्याइएको छ । सबै आजबाट रोजेको स्थानमा सहभागी भएका छन्’ भण्डारीले भन्नुभयो । आगामी २७ गतेसम्म तालिम हुने र त्यसपछि निर्वाचन प्रहरी ४० दिन निर्वाचनमा खटिने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...