लमजुङमा बुझाइए ६९ नाल भरुवा बन्दुक

Published on

काठमाडौं । विभिन्न ब्यक्तिले इजाजत लिएर राखेका ६९ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि ६९ थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ । हतियार राखेका ब्यक्तिले आँफुलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार कुन्छामा ९ थान, भोटेओडारमा ७ थान, भोर्लेटारमा १३ थान, सुन्दरबजारमा ५ थान, चितिमा ४ थान हतियार प्राप्त भएको छ । यसैगरी तीनपिल्लेमा ८ थान, गौंडामा २ थान, जगतमा २ थान, भकुण्डेमा ५ थान, दुरडाँडामा १ थान र बेंसीसहरमा १४ थान हतियार बुझाइएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सम्वन्धित सवैलाई माघ ६ गते सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार बढी हतियार भए पनि हालसम्म ६९ जनाले मात्र बुझाएको पाइएको हो । निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । प्रशासनले जारी गरेको सूचनाअनुसार हतियार बुझाउने समय मंगलबारसम्म बाँकी रहेको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग ईजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दैआएको छ । केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ ।

जिल्लामा इजाजत प्राप्त हतियार लिएका ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । इजाजत प्राप्त ब्यक्तिहरुले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजाना अन्तर्गत कारवाही गर्ने प्रशासनले जनाएको छ ।.साथै, सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरिएको छ । प्रशासनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा जम्मा एकसय ४३ थान हतियार मात्र नवीकरण भएको छ । सो अबधिमा २१ थान हतियारको नामसारी भएको छ । अघिल्लो वर्ष २०८०–८१ मा करिब तीनसय हतियार मात्र नवीकरण भएका थिए ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले हातहतियार नवीकरण नगरी सञ्चालन गर्नु अबैध हुने र यसले सुरक्षामा चुनौती थपिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार, अवैध रूपमा घरघरमै लुकाइएका एकसय ९७ थान हतियार गत आर्थिक वर्षमा मात्र बरामद गरिएका छन् । तीमध्ये अधिकांश हतियार विगत पाँच वर्षदेखि नवीकरण नभएका र दर्ता विवरण नभेटिएका बरामद गरिएको थियो । विगतमा सामाजिक प्रतिष्ठा, आत्मरक्षा र शिकारका नाममा अनुमति दिइएका हतियार अहिले कहाँ छन् भन्ने सुनिश्चित जानकारी राज्यसँग छैन । सशस्त्र द्वन्द्वकालमा हराएका थुप्रै हतियारहरूको समेत अभिलेख छैन । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...