गैँडाको आक्रमणबाट दुई जना घाइते

Published on

काठमाडौं । नवलपुरमा गैँडाको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । गैँडाले मङ्गलबार र बुधबार लगातार दुई जनालाई आक्रण गरी घाइते बनाएको हो । आज बिहान ६ बजे मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानका ३ वर्षीय बालक शिभान्स रेग्मीलाई आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर गुरुङका अनुसार बालकको मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको छ । 

त्यसअघि हिजो कावासोती नगरपालिका–१७, अमलटारीमा ४० वर्षीय हेमबहादुर कुमाललाई घर अगाडि घाँस काट्ने क्रममा गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते कुमालको पनि मध्यविन्दु अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य...

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...