बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बाँके जिल्लामा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार दुई हजार ३३८ जना अस्थायी मतदाता रहेको पाइएको र उनीहरूको नामावली प्रकाशित गरिएको बताउनुभयो । 

उहाँले जिल्लामा रहेका सुरक्षाकर्मीहरू, सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, कारागारमा रहेका बाहिरी जिल्लाका कैदी बन्दीहरूको विवरण सङ्कलन गरेर नामावली प्रकाशित बताउनुभयो । यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो । ती मध्ये जनपद प्रहरीको नामावली अझै प्राप्त नभएकोले नामावली पाप्त भएपछि सो सङ्ख्या वृद्धि हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका प्रमुख शाहीका अनुसार अस्थायी मतदाताका लागि कतिवटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको छ । उहाँले बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जनाउँदै निर्वाचनका लागि १३९ मतदान स्थल र ४०० मतदान केन्द्र तोकिएको बताउनुभयो। 

जिल्ला सुरक्षा समिति बाँकेका अनुसार जिल्लाका आठ वटा पालिकाहरूमा कायम गरिएका १३९ वटा मतदान स्थलमध्ये ६१ वटा अति संवेदनशील र ५० वटा मतदान स्थललाई संवेदनशील तथा २८ मतदान स्थललाई सामान्य तोकेर सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदै छ । गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...