चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

Published on

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा  बाहिरि खोप केन्द्र सञ्चालन नगरिने भएको छ । माघ २५ गतेबाट सञ्चालन हुन लागेको यो खोप लगाउने अभियानको तयारीका सम्बन्धमा  बुधवार भरतपुर मा आयोजित जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा  बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो । दस देखि चौध वर्ष उमेरका बालिकालाई  एचपिभी खोप देशै भरी सञ्चालन गर्ने अभियान छ । यो अभियान अन्तर्गत विद्यालय, नियमित खोप केन्द्रसँगै बाह्य खोप केन्द्र सञ्चालन गरिनुपर्ने  उल्लेख छ ।

जनस्वास्थ्य कार्यलय चितवनका प्रमुख निर्मल घिमिरेले चितवनमा हरेक स्थानीय तहको  वडा स्तरमै  खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको बताउनुभयो ।“हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा  गएर खोप दिने योजना छ ।  चितवनमा बाह्य खोप  केन्द्र आवश्यक छैन,” उहाँले भन्नुभयो । चितवनमा ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रमा  खोप केन्द्र बनाएर खोप दिइदै रहेको बैठकमा जानकारी दिइयो । चितवनमा छ हजार ७६८ बालिकाहरू यो  खोप लगाउने उमेरका रहेका अनुमान छ । चितवनमा यसकालागि सात हजार भ्याक्सिन आइसकेको बैठकमा जानकारी दिइयो ।

प्रमुख  घिमिरेले  भ्याक्सिन अभियान सफल बनाउन सबैलाई  अनुरोध गर्नुभयो ।बकुलर अस्पतालका प्रमुख डा अंकित पौडेलले  नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुनेको सख्या बढ्दै गएका अवस्थामा यो खोप अनिवार्य रहेको बताउनुभयो ।“अहिले दिइने खोप सिङ्गल डोजको खोप हो । पाठेघरको क्यान्सर नियन्त्रणकालाइ यो  जरुरी छ”, उहाँले भन्नुभयो । बैठक  समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...