सहायक सिडियोलाई आचारसंहिता अनुगमनमा गृह निर्देशन

Published on

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको छ । सो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले बुधबार सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गराउन निर्वाचन आयोगले आचारसंहिता, २०८२ लागु गरिसकेको छ । गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आयोगले दिएको आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ । मन्त्रालयले आयोगद्वारा प्रदान गरिएको जिम्मेवारी सम्हाल्न सक्ने विश्वास लिएको जनाएको छ । साथै, सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रालयमा उपलब्ध गराउन अनुरोध समेत गरिएको छ ।

निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता पालना गराउन सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लाको आर्थिक विषय क्षेत्रबाहेक अन्य विषयमा अनुगमन अधिकृत तोकेको स्पष्ट पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...