जनताले खोजेको विकल्प र परिवर्तन अनुहारको नभएर विचारको हो : लिङ्देन

Published on

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जनताले खोजेको विकल्प र परिवर्तन अनुहारको नभएर विचारको भएको बताउनुभएको छ। झापा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका लिङ्देन मतदाताको घरदैलोमा पुग्दै आफूले बिगतमा गरेका वाचा र प्रतिबद्धताभन्दा बाहिर नगएको जनाउदै मत माग्दै आउनु भएको छ। जनताको चाहना र परिवर्तनलाई आत्मसाथ गर्ने पार्टी राप्रपा भएको जनाउदै उहाँ मत माग्दै आउनुभएको छ।

अहिलेको विकल्प राप्रपा हो, जसले स्पष्ट रूपमा राज्य संरचनाका बारेमा आफ्नो धारण अघि सारेको छ, लिङ्देनले भन्नुभयो। आफुहरुसंग डराएर नभएका भ्रामक कुरा सामाजिक सञ्जालमा फैल्याउने काम समेत भइरहेको उल्लेख गर्दै उहाँले जनताको अभिमत परिवर्तन र आफूहरुमा रहने विश्वास प्रकट गर्नुभयो। आफूहरुले पहिलेको जस्तो राजसंस्था, पहिलेको जस्तो शासकीय व्यवस्थातिर फर्किने नभनेको र नयाँ सोचका साथ अघि बढेको स्पष्ट पार्नुभयो। राष्ट्रप्रमुखमा अभिभावक संस्थाका रूपमा राजा रहने तर सरकार सञ्चालनको प्रक्रियामा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था होस् भनेका छौँ’, उहाँले भन्नुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...