महोत्तरीका चारै निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना र सशस्त्र प्रहरी बलले सुरक्षा बेस स्थापना गरेका छन् । बेस स्थापनासँगै जिल्लाभर निर्वाचन लक्षित सुरक्षा परिचालन अझ सुदृढ बनेको सुरक्षा निकायले जनाएको छ । बेस स्थापनापछि बिहीबारदेखि नै जिल्लाभर संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । नेपाली सेनाको परिकौलीस्थित गोरख गणका गणपति प्रमुख सेनानी रामप्रसाद लामिछानेका अनुसार निर्वाचन क्षेत्र नं १ अन्तर्गत बर्दिबासको गौरीडाँडा, क्षेत्र नं २ को बलवा धमौरा, क्षेत्र नं ३ को जलेश्वर तथा क्षेत्र नं ४ को रामगोपालपुरमा सैनिक सुरक्षा बेस स्थापना गरी सुरक्षा परिचालन गरिएको छ । प्रमुख सेनानी लामिछानेले सुरक्षा बेस स्थापना भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा निर्वाचन लक्षित संयुक्त सुरक्षा गस्ती भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं ९ गणका एसपी शेरबहादुर अधिकारीले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार महोत्तरीका चारै निर्वाचन क्षेत्रमा सुरक्षा बेस खडा गरी सशस्त्र प्रहरी परिचालन गरिएको बताउनुभयो । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं १ को बर्दिबासस्थित गौरीडाँडा, क्षेत्र नं २ को बलवा–७ बनौटा, क्षेत्र नं ३ को मलिवारास्थित सीमा सुरक्षा गुल्म जलेश्वर र निर्वाचन क्षेत्र नं ४ अन्तर्गत सोनमा गाउँपालिकाको सीमावर्ती वडा नं ३ रघुनाथपुरमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । ती बेसबाट एकल तथा संयुक्त सुरक्षा गस्ती सञ्चालन भइरहेको छ । सशस्त्र प्रहरीले निर्वाचन अधिकृतका कार्यालयहरूलाई समेत सुरक्षा घेरामा राखेको छ । नेपाल प्रहरीले भने थप सुरक्षा बेस स्थापना आवश्यक नपरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माका अनुसार जिल्लाभर रहेका इलाका प्रहरी कार्यालय, थाना तथा चौकीबाटै निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन भइरहेको छ । एसपी शर्मा भन्नुहुन्छ, “नेपाल प्रहरीको थप बेस छैन, जिल्लामा रहेका प्रहरी युनिटमार्फत संयुक्त सुरक्षा गस्ती सञ्चालन गरी निर्वाचन सुरक्षालाई प्रभावकारी बनाइएको छ ।”नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अधिकारीहरूले जनतामा सुरक्षा अनुभूति दिलाउने, मतदातालाई निर्भीक रूपमा मतदान गर्ने वातावरण निर्माण गर्ने तथा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा बेस स्थापना गरी संयुक्त सुरक्षा परिचालन गरिएको बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...